<

 

नयाँदिल्ली, १ असार ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्ववत पहिचानलाई मेटाउने कार्यलाई निरन्तरता दिईरहेका छन् ।

 

सोही क्रममा जवहारलाल नेहरुको नाम हटाउने कार्य उनले यसैबखत गरेका छन् ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीस्थित नेहरू मेमोरियल म्युजियम एण्ड लाइब्रेरीको नाम परिवर्तन गरिदिएका छन् ।

सो नाम परिवर्तन गरेर प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालय नामाकरण गरिएको छ  ।

 

कांग्रेसले नेहरू स्मारकको नाम परिवर्तन गरेकोमा मोदी सरकारलाई खुलेर आलोचना गरेका छन ।

 

सो कार्य प्रति टिप्पणी गर्दै कांग्रेस नेता जयराम रमेशले भने, ‘मोदी संकीर्ण सोच र प्रतिशोधको अर्को नाम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0