<

 

रन्धिर साह, रौतहट, जेठ ३१ ।

पछिल्लो समयदेखिनै रौतहट जिल्लाको गौर भन्सार चर्चा परिचर्चामा आउदै गरेको छ । कहिले भन्सार छली ल्यायएको समान तथा कहिले भन्सारको मिलोमतोमा सामान भित्रियाएको बारेमा त कहिले दुर्व व्यववाहारका कारण । रौतहटमा यी एउटा मात्र भन्सार हो जहाँ अवैध धनधा तथा ठुलो मात्रामा सामान निर्यात हुँने गर्छ । यसोत यी जिल्लामा रहेका हरेक सिमाना भारतको सिमानासंग जोडीएको छ ।

सोाही कारण हो कि यहाँ अव्यवस्थित तरिकाले सामान नेपाल भित्रियाउने कार्य तथा सोचेको जस्तो राजश्व संकलन हुँन सकेको छैन् । रौतहट जिल्लाको मुख्य नाकाको रूपमा रहेको गौर भन्सार कार्यालयकै सेटिङका ठूला तस्करी हुने गरेको बेला बेलामा आलोचना हुनेनै गर्छ । यस्तै हिजो मंगलबार एकासि भन्सारको बोड बन्द गरेर शस्त्र प्रहरीले भारतबाट सामान ल्याएको सर्वसधारनलाई रोकी चेक चाज गर्दै गर्दा एक जना महिलालाई एक जना महिला शस्त्र प्रहरी र तिन जना पुरुष शस्त्र प्रहरीले समातेर कार्यालय भित्र लगेको थियो ।

सोही कारणले केही समयका लागि त्यहाँका माहोल नै विग्रीएको र सो घाटना बारे जानकारी लिन खोजदा शस्त्र प्रहरी प्रमुख देखि जवान समेतले हामीले केही भन्न नमिले भन्दै यता उता भागि रहे । बास्तामा त्याहाँ के भइ रहेको छ रु हरेक क्रियाकलापमा सर्वसधारनले नै किन सास्ती हुँने गर्छ यिति आदिको विषमा सैचारकर्मीहरुले सोध खोज गर्दा डिवटीमा खटिएका सुशक्षाकर्मीहरु यता उता भागनुका साथै सो सदंर्भमा हामिले केही भन्न नमिले बताए । ठुलोलाई चयन र सानोलाई एन भएको पिडित एक महिलाले बताए ।

उनको अनुसार भन्सारबाट सामान लैजानका लागि पैसादिएमा सबै ठिक नदिएमा नियम कानून। यो कानून ठुला तथा बढि सामान निर्यात गर्नेहरुमा किन लागु हुँदैन् रु हामी सर्व सधारन गरिबलाई नै किन रु हामीनै हरेक क्रियाकलामा दुख भोगनु परेको गुनोसो गरे ।

उनले भने हामी एक महिनामा एक दिन मात्र आफ्नो घर खर्चका लागि केही सामान लैजाने गर्छु । भन्सार प्रमुखदेखि सबै कर्मचारीको सेटिङमा नेपालबाट भारततिर भारतबाट नेपालतिर ठूलो मात्रा तस्करी हुने गरेको पाइन्छ । हातमा सामान बोकेर आफ्नो घरमा प्रयोग गर्न ल्याउने गरिबहरूलाई भन्सार कर्मचारीले लछारपछार गर्ने, अपशब्द प्रयोग गर्ने र सामान खोस्ने गर्दै आएको गुनासो बारम्बार हुने गरेको छ तर भन्सार कर्मचारीहरू भने माथिको आदेशमा राजस्व छलीको काम रोक्न आफूहरू सक्रिय हुने गरेको बताउँछन्।

घरायसी प्रयोजनको लागि व्यक्तिगत किसिमले हातमा सामान बोकेर ल्याउँदा पनि सय पचास रुपैयाँ हातमा नथमाउँदा सामानलाई अवैध मान्ने गौर भन्सारका कर्मचारीहरू भने भारी परिमाणमा सामान आउँदा सरकारी राजस्वलाई छलेर खल्ती भर्ने गरेका छन् । भन्सार भएर ओहोरदोहोर गर्ने यात्रु तथा मालसामान ढुवानी गर्नेलाई जति धेरै सताउन सक्यो उति धेरै रकम अँठ्याउन सकिन्छ भन्ने मानसिकताले काम गरिरहेको आरोप रहेको छ ।

कुनै निजी प्रयोजनका लागि भन्सार कटाएर ल्याउनु पर्ने सानोतिनो सामानको भन्सार काट्न भन्दा अनेक झमेला देखाएर भन्सारका कर्मचारीहरूले नगदै हात पार्ने दाउ गर्ने गरेको नाम न लेखने सर्तमा गौरकै एक जना बेपारी बताए । ठूलो परिमाणमा सामान मगाउँदा नियमानुसार भन्सार कटाएर ल्याउन खोज्दा भन्सारका कर्मचारीहरूले झन्झटिलो, बोझिलो, धेरै दिन लाग्ने र धेरै रकम पर्ने बताउँदै बिचौलियाको सहारा लिन बाध्य बनाउने गरेका छन्।

वैधानिक रूपमा धेरै राजस्व आउने सामानलाई पनि कम परिमाणको देखाएर राजस्व छली गर्ने र बाँकी रकम कर्मचारीहरूले नै हजम पार्ने गरेका छन् । गौर भन्सारका कर्मचारीहरूले कपडा, मेसिनरी सामान र पाटपूर्जा तथा खाद्यान्न सामग्रीलाई वास्तविक तौलभन्दा साठी प्रतिशतसम्म कम तौल देखाएर भन्सार काट्ने गरेको व्यापारीहरू नै बताउँछन्। साठी प्रतिशत कमको भन्सार काटेर राजस्व तिर्नुपर्दछ र तीस प्रतिशत बराबरको रकम भन्सार कर्मचारीहरूले लिने एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्।विभिन्न सानातिना नाका तथा खेत र आलीको बाटो हुने गरेको तस्करीलाई सशस्त्र प्रहरी बलले नियन्त्रण गर्न कडाइ गरेपछि बिचौलियाहरूको माध्यमबाट भन्सार नाकाबाटै नयाँ तरिकाले कर्मचारीको संलग्नतामा नै तस्करी सुरु भएको छ। प्रहरी कर्मचारीको आँखामा धुलो छरेर भन्सारका कर्मचारीले राजस्व छलीमा ठूलो योगदान गरिरहेको धेरैले बुझिसकेका छन् ।

तस्करको समान निर्बाध रुपमा छोड्ने भंसार कर्मचारीले घरायसी समान ल्याउने व्यक्तिलाई आर्थिक लाभ लिने उदेश्यले हैरानी परेशानी गर्ने गरेको गुनासो स्थानीयहरुको रहेको छ । भन्सार कार्यालय देखि उत्तर तर्फ रहेका पसलमा कारोवार गर्ने सित कर्मचारीहरु तथा त्यहाँ खटेका सुरक्षाकर्मीहरु रकम लिने गरेको बुझिएको छ । मुख्य गेटमा सिसि टिभी कैमरा जडान गरिएकोले छेउमा गएर कारोवार गर्नेहरु सित रकम लिने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0