<

 

न्युर्योक ।

चण्डीगढ पछि राहुल गान्धीले अमेरिकामा पनि ट्रकमा यात्रा गरेका छन् ।

 

राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

 

उनले आफनो यो यात्राको भिडियो टविटरलगायत सामाजिक सञ्जालमा शेयरसमेत गरेका छन् ।

 

यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई उनको आम्दानीबारे सोधेका थिए, जुन आम्दानी सुनेर गान्धी छक्कै परेका थिए ।

आफनो यात्रामा राहुलले ट्रक चालकसँग राजनीतिदेखि मुद्रास्फीतिसम्मका विषयमा छलफल गरेको जनाईएको छ ।  यात्राको क्रममा राहुलले सिद्धु मुसेवालाको गीत पनि सुनेका थिए ।

 

ट्रक चालकले राहुललाई मुसेवालाको गीत सुन्नुहुन्छ ? भनेर सोधेका थिए ।  त्यसपछि उनलाई यात्रा अबधीभर गीत सुनाईएको थियो ।

 

राहुलले भने, अमेरिकाका ट्रकहरू बढी सहज छन्  । उनी वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसे ।

 

राहुलले भने– ‘भारतको भन्दा अमेरिकाका ट्रक धेरै सहज छन् । भारतका ट्रकहरूले चालकको सुविधाको वास्ता गर्दैनन्। तिनीहरू ट्रक चालकहरूको लागि बनाइएका छैनन्।’

 

ताजिन्द्रले राहुललाई अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनि जानकारी दिएका छन् ।

 

राहुल गान्धी मे ३० देखि अमेरिकाको भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0