<

 

ब.स.,चन्द्रपुर, २८ गते जेठ ।

चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा किशोर प्रसाद उपाध्यायको प्यानल नै विजयी भएको छ । जनज्योति बहुमुखी क्यापसमा सम्पन्न निर्वाचनमा ६६७ मत प्राप्त गरी उपाध्याय विजय भएका हुन । यस्तै उनका प्रतिद्वन्दी लेखनाथ कोईरालाले ३३१ मत प्राप्त गरेका हुन ।

उपाध्यक्षमा भने डोल बहादुर ठाडा मगर(६४०),सचिवमा अवधेश हरी भट्टराई(६६५) , कोषाध्यक्षमा बिनिता बख्रेल( ६५५), सदस्यमा बृजेश प्रसाद साह(६४६), प्रहलाद मैनाली(६४२),दुर्गा प्रसाद हुमागाई(६४२),राम प्रसाद साह(६१३), बलराम सापकोटा (६४७) र भरत प्रसाद अधिकारी (६४६) मत प्राप्त गरी विजय भएका छन ।

यस्तै महिला सदस्यमा विजय भएका रत्न कुमारी खडका(६३१),कल्पना दाहाल(६१८) र जानुका तिमलसिना ६१२ मत प्राप्त गरेका हुन । खानेपानी उपभोक्ता २८ सय भन्दा माथी रहेको पनि फाल्गुन सम्म महसुल तिर्ने जम्मा १८६३ रहेका छन । फाल्गुन सम्म महसुल तिर्नेहरु मात्र चुनावमा भाग लिन पाएका थिए । हिजो सम्पन्न चुनावमा १८६३ मतदाता मध्य जम्मा १ हजार २७ ले मात्र मतदानमा सहभागि जनाएका थिए ।

सवैभन्दा बढी वडा न. ४ बाट ४ सय ३५ र सवैभन्दा कम ६ नम्बरमा २ सय ३८ मत खसेको छ वडा न.५ बाट ३५४ मत खसेको निर्वाचन समितिका संयोजक कृती सुबेदीले बताए । विहान ८ बजे शुरु भएको मतदान कार्य साँझ ५ बजेसम्मका लागि समय तोकिएको थियो । सर्वदलिय बैठक बसेर सवा ७ बजे मतदान गर्ने सहमती भएपछी मतगणना सुरु भएको थियो ।

निर्वाचनमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस , नेकपा (एकीकृत समाजवादी) लगायतका दल मिलेर बाम लोकतान्त्रिक समुहबाट किशोर प्रसाद उपाध्यायको नेतृत्व समुहमा उम्मेदवारी दिएको थियो भने स्वतन्त्रबाट लोकनाथ कोईरालाको प्यानलको उम्मेदवारी परेको थियो । विजय भएपश्चात अध्यक्ष उपाध्यायले आम उपभोक्तालाई हार्दिक आभार प्रकट गर्दै चन्द्रनिगाहपुर खानेपानीको स्तरोन्नतिका लागि योजनाबद्ध रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0