<

 

आरके श्रीवास्तव,रौतहट,जेठ २८ गते

रौतहटको फतुवा बिजयपुरमा स्थानिय तहमा स्वास्थ्य योजना तथा बजेट तर्जुमा सम्बन्धि २ दिने गोष्ठी सम्पन्न भएको छ । अभियान नेपालको आयोजना तथा वन हर्ट वल्र्ड वाइडको सहयोग र फतुवा बिजयपुर नगरपालिकाको नेतृत्वमा सो गोष्ठी भएको हो । फतुवा बिजयपुरको बिजयपुर बजारमा नगरपालिकाको स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा गोष्ठी आज आईतवार सम्पन्न भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा बिजयपुर स्थित श्री मावि बिजयपुरमा उक्त गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकीहरुको समस्या र तीनका समाधान बारे छलफल गरिएको थियो । स्वास्थ्य संस्थाहरुमा देखेका,भोगेका अनुभव तथा अवलोकन गरिएका समस्या र त्यसको प्राथमिकीकरण औषधी अभाव,कर्मचारीहरुको अभाव बारे साझा गरिएको थियो ।

गोष्ठी लाइ सम्बोधन गर्दै फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ताले जिल्लामा फतुवा बिजयपुर नगरपालिका स्वास्थ्य क्षेत्रमा पछाडी परेको भन्दै यस तर्फ सहभागी जनप्रतिनिधीहरुलाइ ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यस्तै जनप्रतिनीधीहरुको तर्फ बाट सम्बोधन गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादव उर्फ पप्पुले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको समस्या समाधान तर्फ अहिले निर्वाचित यूवा वडा अध्यक्षहरुले कम्मर कसेर लाग्नु पर्नेमा जोड दिएका थिए । आगामी बजेटमा नगरपालिकाको स्वास्थ्यको अवस्थामा सुधार हुने उनको दाबी रहेको थियो ।

कार्यक्रमलाइ समापन गर्ने क्रममा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख खातुनले गोष्ठीमा उठेका समस्याहरुलाइ आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

गोष्ठीमा परियोजना संयोजक अमित मिश्र र बित संयोजक जितेन्द्र कुशवाहाले फतुवा बिजयपुर नगरपालिकाको स्वास्थ्य योजना तथा बजेट तर्जुमा सम्बन्धी सहजीकरण गर्नु भएको थियो । सो गोष्ठीमा सबै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सखस्यहरु,स्वास्थ्य चौकीका इन्चार्जहरु लगायत दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0