<

 

डोटी, २८ जेठ

डोटीमा सेती नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।

जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ वर्षीय तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताए । खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्यु भएको हो ।

डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजिकार्य पछि शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0