<

आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।

राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे जिल्ला अधिवेशन हुँदैछ । यसकाे लागि तिव्र रूपमा तयारी भइरहेको छ । आगामी चैत २६ र २७ गते जिल्लाकाे मध्य भाग गरूडा जिल्ला अधिवेशन हुन लागेकाे हाे ।

जसपा नेपाल राैतहटकाे पालिकाकाे अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन गर्न लागेको हाे । जसमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने जसपा नेपाल राैतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले जानकारी गराएका हुन् ।

पार्टीको निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको उनले जनाएका हुन् । जसपा नेपाल राैतहटकाे अधिकांश वडा र पालिकाकाे अधिवेशन पूरा भएकाले चैत २६ गते उद्घाटन र चैत २७ गते नेतृत्व चयन गरिने अध्यक्ष यादवकाे भनाइ छ ।

अधिवेशनका लागि सबै वडा र पालिकाबाट प्रतिनीधि छान्ने काम भइसकेको र नामावली पनि आइसकेको उनले बताएका छन् । जसपा राैतहटमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन आएकाे छ । त्यही अनुसार हामी गर्छाैं ।

यदि सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने निर्देशन भएको छ । जिल्लाकाे पालिकाहरूबाट करिब ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागीता रहने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0