<

 

राैतहट,जेठ १८ गते

राैतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा पौष्टिक आहार पैकेट वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर १ स्थित स्वास्थ्य कार्यालय घुसुकपुरमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको छ ।

मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू स्वास्थ्यकर्मी रमेश कुमार यादवले बिहिवार एक कार्यक्रमको बीच लगभग ४२ जना गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरेका छन् ।

आमा स्वास्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकार बाट प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुरकाे स्वास्थ्यकर्मी यादवकाे भनाई रहेकाे छ ।

गर्भवती महिलाहरूले अरुबेलाको तुलनामा गर्भ रहेको वेलामा पोषिलो खानेकुराहरू बढी खानुपर्छ भन्नेजानकारी गराउनका लागि पौष्टिक आहार वितरण गरिएको यादवले बताउनुभयो ।

त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0