<

दिपेन्द्र रजक,राैतहट, माघ ८ गते २०८१ ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका पेटभर्वामा राम मन्दिर उद्घाटनको पहिलो वार्षिकोत्सवको अवसरमा भक्तजनहरुले रामधुन र दीप प्रज्वलन गरिदै छ ।

राम जन्मभूमि भारतको उत्तर प्रदेश राज्य अयोध्यामा रहेको भगवान् श्री रामको प्राण प्रतिष्ठा तथा राम मन्दिर उद्घाटनको वार्षिक उत्सवको अवसरमा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा न ६ पेटभर्वा गाउँमा रहेको दुर्गा बाबाको मन्दिर प्राङ्गणमा यहि जनवरी २१ तारीख माघ ८ गते मंगलबारको दिन देखि हनुमान अराधना र साझमा दियो बालेर दीप प्रज्वलन गरि रातिमा झाखी प्रोग्राम हुन लागिएको मावि पेटभर्वाका शिक्षक एवम लेखापाल बिगन यादवले जानकारी दिए । भागवान श्री राम र माता जानकिको आशीर्वादले जीवनमा सुख, समृद्धि र प्रगति प्राप्त हुने जनविश्वास रहेको भन्दै सम्पुर्ण फतुवा बिजयपुर नगरबासी हरूलाई उत्साहका साथ सहभागी हुन वडा न ६ को वडा अध्यक्ष रामएकवाल यादव सर्वजनिक अपिल गरेका छन् ।

 

दीप प्रज्वलन कार्यक्रमलाई धार्मिक आस्था, सद्भाव र सामूहिक एकताका रूपमा मनाउन सबै भक्तजनलाई सहभागी हुन आग्रह गरिएको छ । यस्तै यहि जनवरी २२ तारीख माघ ९ गते बुधबारको दिन श्री राम जानकि मठ पेटभर्वामा रामधुन हुने समाजसेबि युवा नेता जेतेनद्र पटेल बताएका छ्न ! भारतको उत्तर प्रदेश राज्य अयोध्यामा रहेको भगवान् श्री रामको प्राण प्रतिष्ठा तथा राम मन्दिरको उद्घाटन २२ जनवरी २०२४ मा सम्पन्न भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0