<
आरके श्रीवास्तव,रौतहट,०५ गते माघ २०८१ ।
रौतहट । रौतहट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको २ लाख भन्दा बढीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय अन्र्तगतका प्रहरी कार्यालयबाट बुधवार २ लाख ३८ हजार ८० रूपैयाँ बराबरको भन्सार छली चोरी पैठारी गरी ल्याएका समानहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरिक्षक उमाशंकर प्रसादले जानकारी गराएका हुन् ।
उनले आज प्रेस विज्ञप्ती जारी गर्दै इलाका प्रहरी कार्यालय कोपवा पिपरिया रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका वडा नम्बर २ स्थितमा बिआर ०५ एजि ०६२७ र बिआर ०६ एएस ५३१४ नम्बरको मोटरसाइकिलहरुलाई रोकी चेकजाँच गर्दा सो मोटरसाईकलमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको चप्पल बरामद गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार १ लाख ३८ हजार ८० रुपैयाँ मूल्य बराबरको चप्पल र २ वटा मोटरसाइकिलको मूल्य अन्दाजी करिब रु १ लाख अनुमानित रहेको छ । बरामद गरिएको सामान र मोटरसाइकिल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1