<

 

रौतहट , जेठ १८ गते ।

रौतहटको बाैधीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिना अस्त व्यस्त बनेको छ । केहि दिन अगाडि मात्र मंत्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की र नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव लगायत जनतिनिधिहरुबीच आपसी तालमेल नहुदा कार्कीलाई पठाइ नया हाकिम ल्याउन दिनरात कसरत भैरहेको देखिएको छ ।

उपसचिवले नियम बिपरित कार्य नगरेको तथा नगर प्रमुखसंग कुरा नमिल्दा कार्यपालिकाले नियम मिचेर स्थानीय तहमा कार्यरत सातौ तहको कर्मचारी हुदा हुँदै पनि नगरपालिका बाहिर यमुनामाई गा.पा.का आफ्नो पायक पर्ने छैठो तहको अहेव कर्मचारी प्रमोद यादवलाई हाकिम बनाउन नगर प्रमुख यादव नगरको सम्पुर्ण कामकाज छोडी व्यस्त रहेको देखिएको छ ।

आर्थिक वर्षको अन्त्यमा बिकास निर्माणका कार्य लगायत पालिकाबाट हुने विभिन्न प्रसाशनिक कार्यहरुको चाप दिन्हु बढिरहेको अवस्थामा, संघीय तथा प्रदेश सरकारबाट आएको लाखौ,

करोडौं रकमको योजनाहरु सम्झौता समेत नभई बिकास निर्माणका कार्यहरु अस्त व्यस्त रहेको अवस्थामा उपसचिव कार्कीलाई पठाई नया हाकिम ल्याउने कार्यले सम्पुर्ण नगरबासी नै अन्यौलमा परेको स्थानीयहरुले गुनासो गरेका छन ।

एक वर्ष बित्न लाग्दा सबै पालिकाले आफ्नो वार्षिक प्रगती प्रतिवेदन पेश गरिरहेको समयमा बाैधीमाईका नगर प्रमुख यादव बिकास निर्माणका कार्यहरु समेत पूरा नगरी नयाँ हाकिमको लागि हप्तौ देखि काठमाण्डाै बसिरहेको जनगुनासो बढिरहेको स्थानीयहरुले बताएका छन।

साथै सरकारले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विधार्थीहरुको लागि सन्चालन गरेको दिवाखाजा बाैधीमाई नगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा बिगत ३ महिना देखि बन्द रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0