<

 

आरके श्रीवास्तव,राैतहट,जेठ १८ गते

मधेश प्रदेशका विभिन्न पालिकाका कर्मचारीहरूलाई काेपाेमिस सम्बन्धि तालिम सुरू भएको छ । महाेत्तरीकाे बर्दिवास स्थित हाेटेल रिसाेनामा आज देखि साे तालिम सुरु भएको हाे ।

ग्रामिण उधम तथा विप्रेषण आयाेजना (समृद्धि) जनकपुर करिडाेर कार्यालयकाे आयाेजनामा बिहिवार देखि मधेस प्रदेशका विभिन्न सहकारी शाखाका प्रमुख र काेपाेमिस सम्बन्धि तथ्यांक हेर्ने कर्मचारीहरू लाई तालिम दिन थालिएको समृद्धि आयाेजनाका कर्मचारी ईन्दिरा श्रेष्ठले जानकारी गराएकी हुन् ।

तालिममा राैतहट,बारा,सर्लाही,महाेत्तरी र सिन्धुली जिल्लाकाे ११ पालिका सहकारी संस्था शाखा र काेपाेमिस सम्बन्धि शाखा हेर्ने कर्मचारीहरू सहभागी छन् । तालिममा प्रशिक्षक सिएमएफका सिईओ गणेश बिष्टले प्रशिक्षण दिईरहेका छन् ।

आज पहिलाे दिन सहकारी नियमनकाे लागि संघ,प्रदेश र स्थानीय तहका संरचनाहरू बारे जानकारी गराईएकाे थियाे । साथै सहकारीकाे अवस्था पहिचान तथा काेपाेमिस संचालन सम्बन्धि महत्त्वपूर्ण जानकारी तथा छलफल गरिएको थियाे । आज देखि सुरू भएको तालिम शुक्रबार सम्म चल्ने श्रेष्ठले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0