Oplus_131072
<

आरके श्रीवास्तव,राैतहट,२६ गते मंसिर । 

नेपाल पत्रकार महासंघ राैतहट शाखाका उम्मेदवारहरूकाे मनाेनयकाे नामावली प्रकाशन भएको छ । जसमा अध्यक्ष पदका लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ । अध्यक्ष पदका लागि मदन ठाकुर धनन्जय,सञ्जय कुमार कार्की,उत्तम उपाध्याय र रविन्द्र प्रसाद साहले मनाेनयन दर्ता गराएका छन् ।

उपाध्यक्ष पदमा पुष्पराज यादव,दिल्ली बहादुर कार्की,प्रविन कुमार शर्मा,रामएकवाल साहले उम्मेदवारी दर्ता गराएका हुन् । महिला सदस्य पदमा विना राउतकाे एकलाे उम्मेदवारी परेकाे छ । साे पदमा अन्यले उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने निश्चित देखिन्छ ।

 

सचिवमा गाैतम श्रेष्ठ,राकेश कुमार यादव,संताेष पाैडेल,सह सचिव(समावेशीमा) दिनेश यादव,राकेश यादवले मनाेनयन दर्ता गराएका हुन् ।

 

त्यस्तै सह सचिव खुलामा जितेन्द्र लाल श्रीवास्तव,धर्मेन्द्र साहले उम्मेदवारी दिएका छन् भने काेषाध्यक्षमा किशोरी यादव,विकास अग्रवाल र संजय कुमार सहनीले उम्मेदवारी दिएका हुन् ।

 

त्यसैगरी महिला सदस्य रूद्र कार्की,दलित सदस्यमा रामप्रवेश बैठा,आदिवासी जनजाति सदस्यमा प्रकाश श्रेष्ठ,मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव,अन्य समावेशी अपांगमा रामपुकार राउतले मनाेनयन दर्ता गराएका हुन् ।

 

अन्य सदस्य खुलामा उमेश यादव,कृष्णा तिवारी,रेशमी पटेलले उम्मेदवार दिएका हुन् ।  केन्द्रीय परिषद सदस्यमा शैलेन्द्र गुप्ता,प्रदेश परिषद् सदस्यमा रमेश तिमल्सिनाले मनाेनयन दर्ता गराएका हुन् । नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे लागि ११ पदमा एकलाे उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने निश्चित देखिन्छ । यदि  कुनै पदमा दाबी विराेध भएन भने उनी स्वत: निर्विरोध निर्वाचित हुनेछन् । यसकाे परिणाम भने भाेली मात्रै सार्वजनिक गरिनेछ ।

 

नेपाल पत्रकार महासंघ राैतहटको चुनावका लागि आज मनाेनय दर्ताकाे लागि समय ताेकिएकाे थियोे । बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म समय सिमा ताेकिएकाे थियोे । अपरान्ह ४ बजे उम्मेदवारहरूकाे नामावली प्रकाशन गरिएको थियोे ।

 

आज मंसिर २६ गते अपरान्ह ४ बजे देखि भाेली मंसिर २७ गते बिहान ८ बजे सम्म उम्मेदवार उपरकाे दाबी विराेधका लागि समयसिमा ताेकिएकाे हाे । साेही दिन बिहान ८:३० बजे उम्मेदवारले नाम फिर्ता लिने र बिहान १० बजे उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन निर्वाचन समितिले जनाएको छ ।

जिल्ला समिति कार्यसमितिको नयाँ कार्यसमिति चयनका लागि २८ मंसिरमा मतदान हुने भएको छ । मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0