<

काठमाडौं, १५ जेठ । नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता आज देखि  सुरु हुदैँछ ।

 

नेपाल गल्फ संघको आयोजनामा गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुन लागेको सो प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ ।

सो खेलमा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तानका गरी ५२ खेलाडीले सहभागिता जनाउने छन । जसअनुसार टिम इभेन्ट र व्यक्तिगत कुल ४५ पुरुष र ७ महिला खेलाडीले प्रस्पिर्धा गर्नेछन् ।

नेपाल गल्फ संघका निर्देशक दीपक आचार्यका अनुसार प्रत्येक दिन १८ होल गरेर तीनदिने प्रतियोगिता कुल ५४ होलको प्रतिस्पर्धा हुनेछ ।

 

मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा यो प्रतियोगिता आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0