<

 रौतहट ।

रौतहट मोटरसाइकल चोरी गर्ने मोटरसाइकल सहित २ जना चोर पक्राउ परेका छन्। जिल्लाको परोहा नगरपालिका वडा नं. ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बर को १२५ सि.सी. को सुपर स्पलेण्डर मोटरसाईकल आफ्नो घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको भएको इलाका प्रहरी कार्यालय लाई

जानकारी गराएका थिए। ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरी अधिकृतको टोलीले खोजतलासको क्रममा विहान १० बजेको समयमा बौद्धीमाई नगरपालिका वडा नं.५ स्थित अन्दाजी २० बर्षिय भगत भन्ने अभिषेक यादव

र ऐ.ऐ. वस्ने अं. वर्ष २१ को मुकेश कुमार राम समेतलाई चोरी भएको मोटरसाईकल सहित नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0