<
साउन ८ गते, रौतहट
रौतहटको बौधीमाई नगरपालिका-३ मटिअर्वाका वडा अध्यक्ष मनिभुषण साहले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लाखौं रकम हिनामिना गरेको पीडितहरुले बताएका छन । जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित वडा अध्यक्ष साहले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ५५ दिन काम गरेका केहि मजदुरहरुको लाखौं रकम उनिहरुलाई नदिइ आफै राखी अनियमितता र भ्रष्टाचार गरेको पाइएको छ । आफुहरुले काम गरे वापतको पाउनुपर्ने ३६ हजारको दरले ५ जनाको १ लाख ८० हजार रुपैयाँ झुक्कयाएर वडा अध्यक्ष साह आफै लिएको र पीडित मजदुरहरुलाई एक रुपैयाँ समेत नदिएको मजदुरहरुले बताएका छन् । आम जनता पार्टीका एक स्थानीय नेता मनोज बैठाले वडा अध्यक्ष साहले पीडित मजदुर पाँज जनाका ३६ हजारको दरले १ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । बैंकबाट पीडितहरुले उक्त रकम झिकेर घर जाँदै गरेको अवस्थामा वडा अध्यक्ष साहले उनिहरु संग ३६ हजारको दरले रकम लिएको र २१ हजार आफै राखी १५ हजार मात्र फिर्ता दिन खोज्दा पीडितहरुले उक्त रकम नलिएको आजपा नेता बैठाले बताए । एक जना कामदारको २१ हजार १ लाख ५ हजार रुपैयाँ घोटाला गर्न खोज्दा पिडितहरुले नमानेको र आफुहरुको ३६ हजार रुपैयाँ नै दिन माग गरेको तर वडा अध्यक्ष साहले १५ हजारको दरले मात्र दिन खोज्दा पीडितहरुले एक रुपैयाँ पनि नलिएको उनले बताए । ३६ हजार पुरै रकम फिर्ता गर्न पीडितहरुले पटक पटक माग गर्दा पनि वडा अध्यक्ष साहले फिर्ता नगरेपछि बाध्य भएर पीडितहरु न्यायको लागि जिल्ला प्रशासन कार्यालय गौरमा वडा अध्यक्ष साह विरुद्ध निवेदन दिएको उनले बताए । वडा अध्यक्ष साहले मजदुरहरुको रकममा यसरी ब्रहमलुट मच्चाउदा पनि सम्बन्धित निकायको अझै ध्यान जान सकेको छैन । वडा अध्यक्ष साहले यस्ता यस्ता कयौं शीर्षकमा लाखौ लाख भ्रष्टाचार गरेको स्थानीरुको आरोप छ । तर कार्यवाही गर्ने निकाय मुकदर्शक बनेर बसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1