<

गाैर, ५ गते साउन । रौतहट जिल्ला अदालत बार एसोशिएसनको अध्यक्ष र सचिब पदको लागि मतदान शुरु भएको छ।

बारको आफ्नै भवन गौरमा आज बिहान ११ बजे देखी मतदान शुरु भएको हो। जिल्ला कार्य समितिको १२ वटा पद मध्ये १० वटा पदमा निर्बिरोध भएपनि अध्यक्ष र सचिब पदमा दुइ दुइ जनाको उम्मेदवारी परे पछि प्रत्यक्ष प्रणाली अन्तर्गत मतदानको प्रक्रिया अपनाइएको प्रमुख निर्वाचन अधिकृत मोहम्मद मजरूल हकले जानकारी दिएका छन्। ४ बजे सम्म हुने मतदानमा ६२ जना मतदाता आफ्नो मत प्रयोग गर्ने छन्।

मतदान सकिए पछि मत गनना आजै हुने बताइएको छ। अध्यक्ष पदमा अधिबक्ता हेमचन्द्र लाल कर्ण, सोनेलाल प्रसाद पटेल र सचिब पदमा अधिबक्ता हरिशचन्द्र पंडित र सोनेलाल पासवान रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0