<

रौतहट,०४ गते साउन । रौतहट प्रहरीले अवैध किराना तथा कपडा लगायतका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । विभिन्न मिति र समयमा प्रहरीको गस्ती टोलीले भंसार छली, चोरी निकासी÷पैठारीका े अवैध सामान बरामद गरेको हो । साउन २ गते प्रहरी टोलीले बरामद गरेको सामानको मूल्य एक लाख आठ हजार दुई सय पैत्तिस रुपैया बराबरको रहेको प्रहरीले बताएको छ । बरामद उक्त किराना तथा कपडा लगायतका सर सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नि.सूचना अधिकारी एवम् प्रहरी निरिक्षक उमाशंकर प्रसादले जानकारी गराएका हुुन् । पछिल्लो समय रौतहट प्रहरीले अवैध रुपमा भारत बाट भन्सार छली गरेर ल्याएको सामानहरु पक्राउ गर्न तदारुकताका साथ लागि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0