<

काठमाडौं । नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेका छन् ।

उक्त गेष्टहाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।

आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको, शारीरिक सम्पर्क राखेमा प्रति ब्यक्ति ५ सय रूपैयाँ दिने भनी प्रलोभन देखाई रकम समेत नदिई प्रति ग्राहक ४/५ हजार रूपैयाँ सम्म लिने गरेको तथा शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथीहरूलाई भनिदिने भनि डर त्रासमा पारी बेश्याबृत्तिमा लगाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0