<

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको मिलन अध्यारो कोठामा भएको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस-एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो भन्ने स्पष्ट भएको बताएका हुन् । उनले साच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउदै आफुले सुशासनका काम गर्न थालेपछि दुई ठुला दल मिलेको दाबि गरे ।

उनले भने- ‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नुभएको छ ? तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नुभएको होइन । कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।’

उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई नै प्रवर्धन गरेको दाबि गरे । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0