<

 

काठमाडौ,  ११ जेठ । 

एसियन हाइड्रोपावरले ३२ जेठमा वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

 

सभामा हाल कायम रहेको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्ने एजेन्डा रहेको छ । यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

 

सभा प्रयोजनका लागि संस्थाले १९ जेठमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, १९ जेठसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0