<

 

जनकपुरधाम, ९ जेठ ।

मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मंगलबार नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंह र एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेले मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साथै मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीहरुको जिम्मेवारी हेरफेर पनि गरेका छन् । जसअनुसार जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुसवाहालाई विना विभागीय मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0