<

रौतहट,२२ गते जेठ । रौतहट जिल्लाको कटहरीया नगरपालिकाको वडाहरुमा क्षयरोग खोजपडताल कार्यक्रम भएको छ । सो क्रममा आज कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवामा स्कृय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको हो । लुप्त अवस्थामा रहेका क्षयरोगीहरूको पहिचान गर्न उक्त खोजपडताल कार्यक्रमको आयोजन गरिएको स्वास्थ्य शाखा प्रमुुख शंकर यादवले जानकारी गराए । कटहरिया नगरपालिका आगमी वर्ष क्षयरोगमुक्त पालिका घोषणा गर्नका लागि अहिले देखिनै क्षयरोगीहरु यकिन तथ्यांक संकल्न गर्न यो कार्यक्रम गरिएको यादवले बताए । ग्रामीण भेगका स्थानियहरुलाइ लक्षित गरेर उक्त कार्यक्रम गरिएको उनको भनाइ छ । क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामीहरूको द्रुत पहिचान, रोकथाम, निदान र उपचारको लागि क्षयरोगमुक्त पालिका बनाउन कार्यक्रम सञ्चालन गरिएको छ । क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको सहभागीहरुको जोड थियो । उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरुले नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, अन्यथा यो घातक रोग हो भन्ने बुझाई सबैमा हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी,स्वास्थ्य शाखा प्रमुख शंकर यादव,स्वास्थ्य शाखा उपप्रमुख दिनेश यादव,स्वास्थ्य चौकी प्रमुख भाग्यनारायण प्रसाद लगायत,सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यस्तै सोमबार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रष्टोकामा क्षयरोग खोजपडताल कार्यक्रम गरिएको थियो । जसमा वडा अध्यक्ष श्यामाकान्त यादव लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो । क्षयरोग खोजपडताल कार्यक्रम कटहरिया नगरपालिकाको दुुइ ग्रामीण भेग वडा नम्बर १ र ३ गरिएको स्वास्थ्य शाखा कटहरियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0