<

आरके श्रीवास्तव,रौतहट,जेठ ०९ गते
रौतहटको बौद्धीमाइ नगरपालिकामा भिडियो एक्सरे आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकी इनरवारीमा सोमबार एक कार्यक्रमका बिच वडा अध्यक्ष तुरन्तनारायण यादवले समुद्धघाटन गरेका हुन् ।

सो भिडियो एक्सरे सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले वडा अध्यक्ष यादव लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् । भिडियो एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पता लगाउन सहज हुने भएको छ । भिडियो एक्सरे सेवा सुचारु भएछि वडा भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने वडा अध्यक्ष यादवले बताउनु भयो । यस अघि भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।
सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाइ हुने जोखिम कम गर्न समेत सहयोग पुग्ने वडा अध्यक्ष यादवले बताउनु भयो ।

त्यस्तै इनरवारीमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको हो । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू न.पा.को वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायाणको अध्यक्षतामा सोमबार एक कार्यक्रमका बीच करिब सयौँ जना भन्दा बढी गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएका छन् ।

आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ , त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकारद्धारा प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको बौधीमाइ नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष यादवले बताएका छन् ।

गर्भवती महिलाहरू पहिलाको तुलनामा गर्भ रहेको अवस्थामा पोषिलो खानेकुराहरू बढी खानुपर्ने बताउँदै पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।

त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेका हुँन् । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा स्वास्थ्य संयोजक तारकेश्वर पटेल,स्वास्थ्यकर्मी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0