<

सुधा देव
सप्तरी, ८ जेठ । एक हप्ताभित्र सप्तरीमा हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ ।  हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

२५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएपछि स्थानीय त्रसित छन् । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । घटनाको  विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ ।

यसअघि गत ३१ वैशाखमा शम्भुनाथ नगरपालिका–२ बस्ने मो.लुकमानको २४ वर्षीय छोरा मो.तफेजुलको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0