<

पुजा पाठक,चन्द्रपुर,१४ जेठ, चन्द्रपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन जन ज्योति बहुमुखि क्याम्पस चन्द्रपुर रौतहटले उठाइएको माग सम्बोधन नभए देशब्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जन ज्योति बहुमुखि क्याम्पस नगरकमिटि अध्यक्ष दामोदर उप्रेतीले स्वतन्त्र बिधार्थी युनियनले गरेको आर्थिक अनियमिताको बिषयमा क्याम्पस प्रशासनले सात दिन भित्र मा जवाब दिएन भने कडा संघर्षमा उत्रिने धम्कि समेत दिएका हुन।No description available. ४ बुन्दे माग राख्दै क्याम्पस प्रमुखलाइ बुझाइएको पत्रमा स्वतन्त्र बिधार्थी युनियनले कोषमा रहेको रकम के कुन शिर्षकमा खर्च गरेको, के कुन प्रक्रिया बाट म्याद थप गरिएको जानकारी दिन माग गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनले उठाएको माग जायज रहेकोले क्याम्पस प्रमुखले समय मै सम्बोधन गर्नु पर्ने गरिएन भने आन्दोलनमा उत्रिने पत्र मार्फत जानकारी गराइएको छ। राष्ट्र, राष्ट्रिय्ता, न्याय र सामन्ताको बिषयमा आवाज उठाउदै आएका अनेरास्वबियुले क्याम्पसको विकास र शैक्षिक विकासमा समेत सहयोग पुर्याउदै आएको भन्दै स्वबियुले गरेको अनियमित्ता भ्रस्टाचार लुकाउने क्याम्पस प्रमुखले प्रयास गरे कुनै पनि हालतमा सहन गर्न नसकिने चेतावनी दिइएको छ।No description available. क्याम्पस प्रमुखलाइ बुझाइएको माग पत्रमा २०७९ साउन १ गते देखी २०८० अशाढ़ ३१ सम्म कोषमा रहेको ७ लाख ५७ हजार ७सय ६६ रुपैया कहाँ कहाँ खर्च गरिएको सो को बिल भर्पाई सहितको विवरण उपलब्ध गराउन माग गरिएको छ। स्वबियु सभापति संगम श्रेष्ठले आर्थिक बर्ष २०७६/२०७७ देखी २०७९/२०८०सम्मको हिसाब किताब फर्छौट भै सकेको र सिधै बिधार्थी संग कुनै किसिमको शुल्क नलिने गरेको र सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुखलाइ दिइएको जवाब फर्काएकोले क्याम्पस प्रमुखले गरिएको माग सम्बोधन गर्नु पर्ने एक मात्र बिकल्प देखिएको अध्यक्ष उप्रेतीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0