<
रौतहट,१३ गते जेठ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ मा मुख्य ४ स्थानमा टावर बत्ती जडान भएपछि स्थानीयहरु हर्षित भएका छन् । गाउँको सडकमा बत्ती नहुदाँ रातको समयमा हिड्न समस्या हुने गरेको थियो । बक्ती जडान भएपछि स्थानीयहरु अहिले उज्यालोमा हिड्न पाएका छन् । आफनो वडालाइ उज्जयालो बनाउने अभियान अन्तर्गत वडाको पिप्रा पोखरिया टोलमा टावर लाइट जडान गरिएको वडा अध्यक्ष समिश विक्रम शाहले जानकारी गराएका हुन् । सो टोलको ट्रान्फर्मर चौक,श्रीराम चौक,सन्सारी माइ चौक र मठ टोलमा टावर लाइट जडान गरिएको उनले जानकारी गराएका हुन् । वडाको बजेट बाट ती टावर बत्ती जडान गरिएको उनले बताए । सो वडाको बलुुवा टोलमा अझै दुुइ वटा टावर बक्ती जडान गर्ने कार्य भइरहेको वडा अध्यक्ष शाहको भनाइ छ । बती जडान नहुँदाको बखत स्थानीयहरु अध्याँरोमा हिड्न बाध्य थिए । तर अहिले रातको समयमा झलमल्ल बत्ती बलेपछि हर्षित स्थानीयहरुले यस्तो कार्य दिगो हुनु पर्ने धारणा राखेका छन् । रातको समयमा गाडीको बत्तीको भरमा हिड्नु पर्ने स्थानीयलाई अहिले टावर भएपछि आवातजावत गर्न सहज भएको छ । टावर बत्ती भएपछि सडकमा हुन सक्ने सम्भावित दुर्घटना तथा अपराधहरुमा कमी आउने स्थानीयको विश्वास छ । चोक–चोकमा टावरलाइट जडान भएपछि रातिको समय आवतजावतमा सहज हुनुुका साथै चोरीलगायत अन्य आपाराधिक गतिविधि न्यून हुने वडा अध्यक्ष शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1