<

 

काठमाडौं, ८ जेठ ।

यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ ।

लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो ।

 

लिग च्याम्पियन बनेकाे सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ ।

 

यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0