<

 

काठमाडौं, ८ जेठ ।

नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीकाे अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ ।

 

जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।

 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

 

सो प्रकरणमा पुर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखी जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0