<

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि चेन्नईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

यो यस सिजनमा पञ्जावको चौथो जित हो । १० खेलमा ४ जित र ६ हारसहित पञ्जाव ८ अंक हासिल गरेर सातौं स्थानमा रहेको छ ।

त्यसैगरी चेन्नईको भने यो यस सिजनमा पाँचौं हार हो । १० खेलमा ५ जित र ५ हार बेहोरेको चेन्नई १० अंकसहित चौथो स्थानमा रहेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0