<

नयाँदिल्ली, १७ बैशाख । भारतको छत्तीसगढको बेमेटारामा पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएको छ ।

 

सो भयानक दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् भने २३ जना घाइते भएका छन् ।

 

भारतीय प्रहरीका अनुसार जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ । दुर्घटना बेमेत्रा थाना क्षेत्रको काथिया गाउँमा भएको हो ।

 

जानकारीका अनुसार सिमगा नजिकैको तिरैया गाउँमा छठी कार्यक्रममा सहभागी हुन पिकअपमा ४०–५० जना गएका थिए । फर्कदै गर्दा राति करिब २ः३० बजे यो दुर्घटना भएको हो । घाइते ११ जनालाई बेमेत्रा जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । जबकि ८ जनाको शव र १२ घाइतेलाई सिमगा सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0