<

 

बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित

बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले २८ औँ वार्षिकोत्सवको अवसरमा संस्थाले निजगढ नगरपालिका ८ स्थित शहिद चोकमा बिक्री केन्द्रको स्थापना गरेको छ । सोमबार प्रधानमन्त्री कृषि आघुनिकीकरण परियोजना बाराका प्रमुख प्रदीप ठाकुर बरहीले बिक्री केन्द्रको उद्घाटन गरेका हुन् ।

बरहीले बागदेव दुग्ध उत्पादकले तयार गरेका दुग्ध जन्य पदार्थको निजगढ चोकमा बिक्री केन्द्र बनाउनु उपयुक्त रहेको बताए । उनले बागदेवको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउँदै निजगढमा बिक्री केन्द्र हुँदा बागदेव दुग्धको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको सुनाए ।

त्यस्तै बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले संस्थाले धेरै जनसङ्ख्या भएको क्षेत्रमा क्रमश बिक्री केन्द्रहरूलाई अभियानकै रूपमा अगाडि बढाउने बताए । उनले उपभोक्ताहरुको सहजताको लागि बिक्री केन्द्र निजगढ चोकमा स्थापना गरिएको बताए । लामो समयदेखि निजगढको चोकमा बिक्री केन्द्रको स्थापना गर्न खोजेको र केही छलफलपछि पूरा भएको बताए । कार्यक्रममा बिभिन्न संघ संस्थाका अध्यक्ष, जनप्रतिनिधि लगाएतको उपस्तिथि रहेको थियो ।

यसैबिच, वार्षिकोत्सवको अवसरमा बागदेव दुग्ध उत्पादक सहकारी संस्था र कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रबिच दुई वर्षका निम्ती भएको सम्झौतामा उद्यमशिलता तालिम संचालन गरि कृषकको नेतृत्व तथा सीप बिकाश गर्न दुई पक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार दुग्धको बिभिन्न बस्तु विविधिकरण संगै गोठ सुधार, ग्रामिण पशु स्वास्थ्य, त्रेडिट लिंकेज तथा पशु विमा अमिमुखिकरणलगाएतका कार्यक्रम गर्ने दुई पक्षबिच सहमति भएको कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए ।

यस्तै, वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले निजगढ ५ स्थित श्री जनजागृति अधिरभुत विद्यालयलाई दुई थान सिलिङ पंखा सहयोग समेत गरेको छ । कार्यक्रममा निजगढ नगरपालिका ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगर, बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराई, संस्थाका व्यवस्थापक सौरभ अधिकारीलगाएतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिब प्रकाश प्रसाद सापकोटाले गरेका थिए ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0