<

काठमाडौं १० बैशाख ।

सिरहाका प्रतिष्ठित एवं सामाजिक व्यक्तित्व दिनेश कुमार साह र समाजसेवी एवं महिला अभियन्ता हेमा साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

आजपाको काठमाडौं स्थित केन्द्रीय पार्टी कार्यालयमा सोमवार एक कार्यक्रमका बीच दिनेश र हेमा आजपामा प्रवेश गरेका हुन् । दुबै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।  स्वागत गर्दै पार्टी अध्यक्ष साहले पार्टीद्धारा जारी भ्रष्टाचार, अनियमितता एवं दलिय लुटतन्त्र विरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागि हुन आग्रह गरेका छन् ।

सो अवसरमा पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, उपमहासचिव मनोज यादव, स्थायी कमिटी सदस्य सुनिता साह क्रान्ति लगायतको सहभागिता रहेको थियो ।

यस अघि गत साता सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आजपामा प्रवेश गरेका थिए । तत्कालिन ६ वटा मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य समेत रहेका साहले मधेसवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आजपामा प्रवेश गरेका थिए । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गर्दै आजपामा  देश भरी  प्रवेश गर्नेको संख्या बढदै गइरहेको  आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।
न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0