<

 

रौतहट १ जेठ ।

रौतहटमा सडक दुर्घटना न्यूनीकरणका लागि रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा सप्ताह संचालन गरेको छ । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सप्ताह को उद्घाटन गरेका छन । प्रजिअ मिश्रले सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा यस्ता कार्यक्रमले पुग्ने बताए ।

सडक नियम कानुनको पालना गर्ने दायित्व हरेक नागरिकको रहेको समेत उनको भनाइ छ । रौतहट मा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढिरहेको ले सडक सुरक्षा सप्ताहले दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले बिश्वास ब्यक्त गरेका छन ।

सडक सुरक्षा सप्ताहको पहिलो दिन आइतबार गौर नगरपालिकाको बसपार्क देखि भन्सारसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0