<

 

आरके श्रीवास्तव,गरुडा,जेठ ०१ गते ।
रौतहट जिल्लाको दक्षिणी भेग परोहा नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ ।

आरम्भ परियोजना द्वारा परोहा नगरपालिकाको श्री माध्यमिक विद्यालय जिंग्डवा बेलबिछवा, रौतहटमा परोहा नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, सामाजिक संस्था जिल्ला समन्वय समिति र आसामान नेपालको प्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको छ ।

आरम्भ परियोजनाले बिगत ४ बर्ष देखि रौतहट जिल्लामा काम गर्दै आईरहेको खण्डमा परोहा नगरपालिकामा पनि बिगत १ बर्षदेखि काम गर्ने शिलशिलामा १९ वटा सामुदायिक सिकाई केन्द्रद्धारा परोहा पालिकाको विद्यालय बाहिर रहेको ४२६ जना विवाहित र अविवाहित किशोरीहरुलाई शिक्षाको मुल प्रवाहकरणमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको छ ।


आरम्भ परियोजनाले परोहा नगरपालिकाको ४२६ जना विवाहित तथा अविाहित किशोरीहरु सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गर्नको साथै विद्यालयमा भर्ना हुनको लागि सहजिकरण गरिएको छ ।

यसै क्रममा परोहा ना.पा.को विभिन्न ६ वटा सामुदायिक विद्यालमा ३१६ जना किशोरीहरुलाई भर्ना हुनको लागि आसामान नेपालले आरम्भ परियोजना अन्र्तगत सहजिकरण गरिएको छ भने सो मध्ये परोहा नगरपालिकाको श्री माध्यमिक विद्यालय जिंग्डवा बेलबिछवा, रौतहटमा बिभिन्न कक्षागत रुपमा जम्मा ५८ जना किशोरीहरुलाई भर्ना गर्नमा सहजिकरण गरिएको छ ।

आसमान नेपालको सहजिकरणमा आजको संचालित संयुक्त अनुगमन भ्रमणमा परोहा नगरपालिका प्रमुख प्रशासकिय मो. महफुज अहमद, योजना शाखा प्रमुख अब्दुल रब अंसारी, शिक्षा शाखाको प्रमुख कृष्णा प्रसाद कलवार र जलेन्द्र प्रसाद पटेल, सामाजिक विकास शाखा प्रमुख श्री संदीप कुमार साह,

महिला तथा बाल बालिका विकास शाखा प्रमुख श्री आयसा हसन, परोहा ना.पा. को २ नं. को वडा अध्यक्ष सेराजुदीन तथा वडा जन प्रतिनिधिहरु, शिक्षा विकास तथा समन्वय ईकाईको प्रमुख रामविनय सिहं, श्री माध्यमिक विद्यालय जिंग्डवा बेलबिछवाको व्यवस्थापन समितिको अध्यक्ष तथा प्र.अ. इन्द्रदेव पंडित र शिक्षक शिक्षिकाहरु,

पिपुल इन निड नेपालको कार्यक्रम संयोजक सुरमिला चौधरी लगायत आसामान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिको कर्मचारीहरुको संयुक्त उपस्थितीमा यो अनुगमन भ्रमण संचालन भएको छ ।


साथ साथै आरम्भ परियोजनाले परोहा ना.पा.को विद्यालय बिचैमा छोडेका एवंम कहिले पनि विद्यालय नगएका विवाहित तथा अविवाहित किशोरीहरु, किशोरीका अभिभावकहरु,

समाजका अगुवा व्यक्तिहरु तथा विभिन्न धर्मका धार्मिक गुरुहरुसंग काम गरेको कुराहरु साह्रायिन रहेको अनुगमन समुहका भनाई रहेको थियो भने सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गरी विद्यालयमा भर्ना भएको किशोरीहरुमा साक्षरता र गणितीय सीप तथा जीवन उपयोगी सीप राम्रो रहको कुरा परोहा नगरपालिका प्रमुख प्रसाकिय मो. महफुज अहमद र विद्यायको प्र.अ. इन्द्रदेव पंडितले व्यक्त गरेको छ ।

यसैगरी सामुदायिक सिकाई केन्द्रबाट आएको किशोरीहरु भविष्यमा पढाईलाई निरन्रता लाने कुराको ढ्ढता व्यक्त गरेको थियो भने विभिन्न सरोकारवालाहरु ना.पा., बि.व्य.स.,

विद्यालय, आसामान नेपाल, एस.ओ.डि.सि.सि. र पिपुल इन निड नेपालको जनप्रतिनिधिहरुले भविष्यमा विद्यालयमा सामावेशि सिकाई वातावरण निमार्ण गर्नको प्रतिवद्धता समेत जाहेर गरिएको आसमान नेपालका शिक्षा अधिकृत अरविन्द कुमार साहले जानकारी दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0