<

 

काठमाडौं, ३१ बैशाख ।

साउथह्याम्टन इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।

 

घरेलु मैदानमै फुलहमसँग २–० ले पराजय भएको साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी रहदैँ रेलिगेसनमा परेको हो ।

प्रिमियर लिग अन्तरगत शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो ।

 

दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १–० को अग्रता लिन सफल भयो र ७२औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले ले ह्यारी विल्सनको पासमा गरेको दोस्रो गोल नै निर्णायक हुन पुग्यो । अन्ततः फुलहम २-० ले बिजेता बन्यो ।

यस जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौं स्थानमा छ भने पराजित साउथह्याम्टन ३६ खेलबाट २४ अंक जोडेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0