<

मुम्बई, ३० बैशाख । अभिनेता शाहरुख खानका छोरा आर्यन खान सन् २०२१ मा एक क्रुज ड्रग्स मामलामा पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का पूर्व जोनल निर्देशक समीर वानखेडे यतिबेला चर्चामा छन् ।

 

सीबीआईको टिमले समीरको घरमा गत शुक्रबार छापा मारेको थियो ।

 

सीबीआईका अनुसार समीरले क्रुज ड्रग्स मुद्धामा आर्यनलाई नफसाउनका लागि उनका पिता शाहरुख खानसँग २५ करोड रुपैंयाँ घुस मागेका थिए । यो मामलामा समीरका एक साथीले ५० लाख रुपैंयाँ लिएका थिए । सीबीआईले समीरविरुद्ध घुस मागेको आरोपमा एफआईआर दर्ता गराएको छ ।

 

सीबीआईले समीरसहित ४ जनाविरुद्ध मुद्धा दर्ता गर्दै मुम्बई, दिल्ली, राँची र कानपूरका २९ स्थानमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले आपत्तिजनक दस्तावेज, वस्तुहरु र नगद बरामद गरेको छ ।

 

सीबीआईले यो मामलामा अनुसन्धान गरिरहेको छ । सन् २०२१ मा मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुजमा रेव पार्टीको सूचना पाएपछि एनसीबीले छापामा मारेको थियो ।

 

यो छापामारीमा शाहरुखका छोरा आर्यनसहित उनका साथीहरु पक्राउ परेका थिए । यसपछि आर्यनलाई जेल पठाइएको थियो । जेल पठाएको एक महिनापछि मात्र उनले जमानत पाएका थिए । यद्यपि यो मामलामा आर्यनले ‘क्लिन चिट’ पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0