<

 

रन्धिर साह, रौतहट, वैशाख २८ ।

पासपोर्ट बनाउँनका लागि अनलाइन आवेदन फर्म भर्नमा विचौलियाहरुबाट ठगिदै आएका आम नागरिकहरुको हकमा जिल्ला प्रशासन कार्यालय रौतहटले आवेदन फर्म भर्ने व्यवस्थापन कार्यालय भित्रै मिलाएको छ ।

पासपोर्टको लागि आवेदन फर्म भर्न बाहिर साइवरहरुले सेवाग्राीसंग अनावश्यक रकम लिएर ठगिदै आएको गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) रौतहटले गम्भीर भएर कार्यालयमै आवेदन फर्म भर्ने व्यवस्थापन मिलाएर अनावश्यक रुपमा विचौलियाहरुबाट ठगिने कार्यलाई नियन्त्रण गर्न यस्तो व्यस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन् ।

आउदो जेठ ८ गतेसम्म परिक्षण अवधी राखेर जेठ ९ गतेदेखि विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमै पासपोर्टको लागि आवेदन फर्म अनलाइन भर्ने व्यवस्थापन गर्दा ग्रामिण भेगबाट आउने सेवाग्राहरुलाई सुविधा पुग्ने तथा अनावश्यक रुपमा विचौलियाहरुको चंगुलबाट जोगिने उनले बताए ।

जनताहरुलाई प्रत्यक्ष रुपमा सहज र सरल ढंगबाट सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयबाट त्यस्तो व्यवस्थापन गरिदा जनताहरुलाई निकै राहत पुग्ने प्रजिअ मिश्रले विश्वास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0