<
आरके श्रीवास्तव,रौतहट,१७ गते फागुन ।
रौतहट–रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ८ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । एनआइसी एसिया बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गरेपछि स्थानीय खुसी भएका छन् ।
आर्थिक वर्ष २०८०।८१ को त्रैमासिक अवधिको द्धितिय किस्ता अन्तर्गत जेष्ठ नागरिक,जेष्ठ नागरिक दलित,एकल महिला,विधवा,अपांग,बालबालिकाको बालपोषण भता स्वरुप कुल रकम ३८ लाख ७३ लाख २ सय ५ रुपैयाँ वितरण गर्न सुरु गरिएको वडा सचिव बच्चेलाल साहले जानकारी गराए ।
नगर प्रमुख अजय प्रकाश जयसवाल र वडा अध्यक्ष समिश विक्रम शाह समक्ष खुसी प्रकट गर्दै वडाबासीले कटहरिया नगरपालिकालाई धन्यवाद दिएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीयहरु आफनै गाउँमा सेवा पाएपछि खुसीले गदगद भएका छन् ।
उनीहरुले बैंकमा लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको प्रतिक्रिया दिए । जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुुरक्षा भत्ता वितरण सुरु गरिएको वडा अध्यक्ष शाहले प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1