<

काठमाडौं, १७ फागुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई नेपाल वायुसेवा निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ बुझाइएको छ ।

 

निगम सुधारका लागि भन्दै पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि अध्ययन तथा कार्यान्वयन सिफारिस गर्न भन्दै बनाइएको पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार मन्त्री किराँतीलाई प्रतिवेदन बुझाएको हो ।

 

मन्त्री किराँतीसहित मन्त्रालयका सचिव दिपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्त रुपमा समितिले बुझाएको प्रतिवेदनमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, सञ्चालक समितिको निर्णय र निगम सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने र निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउन प्रतिवेदनमा दिइएको सुझावलाई प्रभावकारी कार्यन्वयन हुनुपर्ने उल्लेख छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0