<

काठमाडौँ, १५ फागुन ।

जावलाखेल युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

 

मंगलबार सम्पन्न क्वाटरफाइनलको खेलमा जावलाखेल युथ क्लबले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

 

जावलाखेलको जितमा निरन्जन धामी र निरज चौधरीले एक एक गोल गरेका थिए । त्यसैगरी केपी ओली एफसीका लागि एक गोल अडामा डोउम्बियाले एक गोल फर्काएका थिए ।

 

अब जावलाखेलले सेमिफाइनलमा एनआरटीसँग खेल्ने छ । एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गर्दै यस अघि नै सेमिफाइनलमा पुगेको थियो । यो खेल फागुन १७ गते हुने छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0