<

 

विशाल बस्नेत/ २३ बैसाख, महोत्तरी 

महोत्तरीमा शिक्षिका नै घरेलु हिंसाको सिकार बनेकी छिन् ।

बर्दिबास-३ बस्ने सीता माझी आफ्नै श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलवाट घरेलु हिंसाको सिकार बनेकी हुन ।

बर्दिबास कै भब्सी आधारभुत विद्यालयमा अध्यापन गराउने  शिक्षिका माझीलाइ १९ बैसाखको राति निर्ममतापुर्वक कुटपिट गरि सख्त घाइते बनाइएको छ भने यसअघि पनि निक्कै प्रताडित बन्दै आएको पिडितले वताएकी छन । श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उदेश्यले घरेलु हतियार समेत प्रयोग गरिएको भेटिएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार लाइन अफ गरेर अध्याँराेमा विभिन्न घरेलु हतियार प्रयोग गर्दै उनिहरुले आक्रमण गरेका थिए । पटक पटक यस्ता घटना दोहोर्‍याइ रहे तापनी समाजले सहजीकरण गर्दै आएका थिए ।

राहत कोटामा आफै कमाउदै स्वालम्बन बनेकी माझी किन हिंसाको सिकार वनिन भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पिडित माझीले श्रीमानविरुद्ध वहुविवाह र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेकी छिन् ।

पिडक भनिएका चन्द्रे माझीलाइ भने प्रहरीले पक्राउ गरेको छ । माझीलाइ पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख विजय यादवले वताए ।

पिडितले अहिलेसम्म जाहेरी ल्याइ नसकेको पनि प्रहरीले जनाएको छ । जाहेरी ल्याए पछी मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख यादवले जानकारी दिए ।

यता शिक्षिका नै घरेलु हिंसाको सिकार भएको भन्दै एक प्रेस बिज्ञप्ति निकालेर शिक्षक संगठनहरुले ध्यानाकर्षण भएकाे जनाएका छन् । साघंतिक आक्रमणसहित ज्यान नै लिने कुकृत्य गर्ने दोषीलाइ कडा कारवाहीको माग गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दिबासले घटनाप्रती आपत्ती जनाएको छ ।

नगर कमिटीका संयोजक सुर्यनारायण दास र सचिव टंकप्रसाद पोखरेलले दोषीलाइ कारवाहीको दायरामा नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0