<

सिरहा, १७ ।

सिरहाको हिमालय सुगर मिलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । उखुको ट्याक्टर लिएर आएका कर्जन्हा नगरपाकिा ४ बस्तिपुरका करिब २५ वर्षीय अशोक दासको शव मंगलबार हिमालय सुगर मिल भित्र फेला परेको हो ।


नरहा गाउँपालिका २ स्थित पानवारीमा रहेको हिमालय सुगर मिलमा उखु लोडगरी आएको दासको शव मंगलबार बिहान मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

बस्तीपुरबाट सोमबार करिव ४ वजेको समयमा ट्याक्टरमा उखु लिएर हिमालय सुगर मिलमा भित्र काँटा गर्न छिरेको थिए।

आफ्नो समय नआएकोले ट्याक्टर मालिक र चालक राति सुगरमिलसँगै रहेको होटलमा गएर खाएर पुनः मिलमै गएर सुतेकाे ट्याक्टर साहु राजेश दासले जनाए ।

उनले भने, ‘खाजा खाएर फेरि त्यही मिल भित्र आएर ट्याक्टर मालिक र चालकसँगै सुतेका थिए। म‌ंगलबार बिहान् चालक दासलाई उठाउन खोज्दा नउठेपछि ट्याक्टर मालिक दासले प्रहरीलाई जानकारी गराएको थिए ।

 

मृतकका परिवारलाई हिमालय सुगर मिलका सञ्चालकले २ लाख र मिलमा कार्यरत कर्मचारीको एक दिनको तलब करिब १ लाख गरी ३ लाख रुपैया आर्थिक सहयोग गरेको उखु महाप्रवन्धक अवध किशोर यादवले बताएको छ।  न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0