<

 रौतहट,१४ गते माघ ।

रौतहटको बौधीमाइ नगरपालिकामा प्रशासन र स्वास्थ्यका कर्मचारीहरु बिच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

सो नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको गुुजरामाइको खेल मैदानमा एक दिवसीय क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रशासन टिमले टस जितेर ब्याटिङ्ख गर्दै १ सय ४८ रन बनाएको थियो ।

जवाफमा स्वास्थ्यकर्मीको टिमले निर्धारित १६ ओभरमा १ सय ४१ रन मात्र बनाउन सक्यो । र उक्त खेलमा स्वास्थ्यकर्मीको टिम ७ रनले पराजित हुन पुुग्यो । बौधीमाइ नगरपालिकाको सहयोगमा उक्त क्रिकेट प्रतियोगिता भएको हो ।

प्रशासनको टिम बाट खेलाडीको रूपमा ब्याटिङ्ग गर्दै अरविन्द कुमार यादव ८ रन, बिक्की जयसवाल २६ रन, वडा अध्यक्ष तुरन्तनारायण यादव २ रन, जाहगिर आलम १ रन, सुनिल यादव ३० रन, रवीन्द्र यादव ३५ रन, नितेश यादव ५ रन बनाएका थिए ।

स्वास्थ्यकर्मीकाे तर्फबाट गजेन्द्र महताेले एक्लै १६ ओभरमा नट आउट रहँदै १ सय ११ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0