<

काठमाडाै‌‌, २२ बैशाख ।  प्रकृतिको पुजारी किराँत समुदायले बैशाख पुर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामसहित मनाउदै छन् ।

 

मुख्यत अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै किरात समुदायले यस उभौली पर्व मनाउँने गरिन्छ ।

 

किरात समुदायले मुख्यत: दुई पर्व उभौली र उधौली मनाउँछन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

 

यस दिन चण्डी नाचिन्छ, जसकाकारण यसलाई बोलिचालीको भाषामा आज चण्डी पूर्णिमा पनि भनिन्छ ।

 

आजको दिनमा सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रुपमा किराँतहरुले यस दिनलाई सम्झने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0