<

न्युर्योक, ६ माघ ।

अमेरिकन हवाई जहाजमा अश्लिल फिल्म बनाएको आरोपमा एकजना पक्राउ परेका छन ।

 

अमेरिकी सञ्चारमाध्यमका अनुसार एक अमेरिकी एयरलाइन्सको उडान परिचारकले बाल अश्लीलताको आरोपको सामना गर्नुपरेको छ ।

 

हवाईजहाजमा १४ वर्षीया बालिकालाई गोप्य रूपमा अश्लिल फिल्म बनाएको र सो कार्य महिला शौचालय प्रयाेग गरिएकाे खुले पछि उनलाई पक्राउ गरिएको छ ।

 

सो फिल्म बनाएको आरोपमा एस्टेस कार्टर थम्पसनलाई लिन्चबर्ग, भर्जिनियाबाट गत बिहीबार गिरफ्तार गरिएको छ ।

 

उनी माथी नाबालिग यौन शोषणको प्रयास गरेको तथा नाबालिगलाई चित्रण गर्ने गरी बाल पोर्नोग्राफी बनाएको आरोपमा मुद्धा चलाईएको छ ।  म्यासाचुसेट्समा अमेरिकी अटर्नीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीलाई हदैसम्म कारबाही गरिनेछ ।

 

‘थम्पसनलाई गरेको कार्य घृणित र अपमानजनक छ र हामी विश्वास गर्छौं, यस्तो कार्य कम्तिमा पाँच उडानहरूमा भएको पत्ता लागेको छ,’ जोडी कोहेन, एफबीआईको बोस्टन फिल्ड अफिसका प्रभारी विशेष एजेन्टले भने ।

 

थम्पसनलाई सेप्टेम्बर २०२३ मा चार्लोट, नर्थ क्यारोलिना, बोस्टन र  बोस्टनको उडानको चालक दलमा काम गरिरहेको बेला १४ वर्षीय बालिकासँग अश्लिल फिल्म बनाएका थिए ।

 

सो घटनाको खुलासा भए पछि थम्पसनलाई तुरुन्तै सेवाबाट रोकिएको थियो र त्यसपछि अमेरिकी एयरलाइन्सको लागि उनले काम नगरेको सो कम्पनीले जनाएको छ।न्युजका्रखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0