<

 

विराटनगर, २१ वैशाख ।

मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा भ्यानका चालक मोरङ पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका उनीहरुको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्सालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।

१–०२–००१ ज ३९५३ नम्बरको पिकअप भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0