<

ढोरपाटन, ११ पुस :

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आउनुभएको छ । उहाँ आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा यहाँ आउनुभएको हो । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो । उहाँ सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आउनुभएको हो । राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम छ । मन्दिरको दर्शनलगत्तै उहाँले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण हुन नसकेको महोत्सव चार वर्षपछि हुन लागेको हो । आजदेखि सुरु हुने महोत्सव यही पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलले बताउनुभयो ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0