<

आरके श्रीवास्तव,रौतहट,०९ गते पुस ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी बरिस्ठ नायब निरिक्षक अरूण कुमार सिंहले प्रहरी प्रति आम जनताको अपेक्षा धेरै रहेको भएको बताएका छन् ।

No description available.

सोमबार ईलाका प्रहरी कार्यालयमा नयाँ सरुवा भई आएका सिंहले गरेको परिचायात्मक तथा भेटघाट कार्यक्रममा उनले आफ्नो इलाका भित्रको क्षेत्रमा शान्ती सुरक्षाको लागि हरसम्भव प्रयास गर्ने बताएका छन् ।

उनले ईप्रका अन्तर्गत पर्ने क्षेत्र भित्रका राजनीतिकर्मी,व्यापारी
जनप्रतिनिधि,स्थानीय र पत्रकार सहितका व्यक्तिहरूसँग कटहरियाको अवस्था बारे जानकारी गराउन र जानकारी लिनका लागि सो कार्यक्रम आयोजन गरेका थिए ।

No description available.

प्रहरी र आम जनता एक अर्काको परिपूरक भएकोले एक अर्कालाई सहयोग गरे मात्र हरेक कुरामा सुधार गर्न सकिने बताए । ईप्रका कटहरियाको अवस्था दयनीय रहेको अवगत गराउनु भयो । सर्वप्रथम ईप्रकाको व्यवस्थापन गरि सुधार गर्नुपर्ने धारणा राख्नु भयो ।

यस क्षेत्रको शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाउनु भयो । तर यसका लागि स्थानीय समुदायको सहयोग आवश्यक रहेको सिंहले बताए ।

No description available.

उनले आफना तर्फ ईप्रका र यस आसपासको शान्तिसुरक्षा कायम गर्न आफनो तर्फ बाट केहि बुँदाहरू प्रस्तुत गर्नु भएको थियो । जसरी ईप्रकाको नाममा जग्गा रजिष्ट्रेसन गराउन पहल गरिदिन,सरसफाइ व्यवस्थापनमा ध्यान दिन,कटहरिया बजारमा गाडि पार्किङ व्यवस्थापनमा सहयोग गर्न,जाडरक्सी जुवातास नियन्त्रण तर्फ सहयोग गर्न,होटेलहरू बन्द गर्नु पर्ने समय निर्धारण गर्न,माछा बजार व्यवस्थापन गर्न लगायतका विषयहरूमा सहयोग गर्न अनुरोध गर्नु भयो । ई सबै कुराहरू प्रहरीको प्रयासले मात्रै सफल नहुने भएकोले सबैले हातेमालो गरे सफल हुन सकने उल्लेख गरे ।

साथै उनले पञ्चायतीमा दर्जनौं मानिसहरू नल्याई दिन आग्रह गरे । चोर फटहा लाई कम्तीमा १२ घण्टा प्रहरी कस्टडीमा राखन दिन अनुरोध गरे । आफू आउँदा ७ प्रहरी रहेको ईप्रका कटहरियामा हाल ११ जना प्रहरी संख्या पुगेको र दरबन्दी अनुसार १५ जना पुर्याउने लक्ष्य रहेको सुनाए ।

No description available.

जवाफमा उपस्थित व्यक्तिहरूले बरिस्ठ सई सिंहले राखेको प्रस्तावमा समर्थन जनाउँदै एउटा ठोस् निर्णय गरि अगाडि बढन सुझाव दिएका थिए । सो परिच्यात्मक कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,मेयर प्रत्यासी द्वय नसरूदिन अन्सारी , योगेन्द्र साह,पूर्व वडा अध्यक्ष उमेश यादव,समाजसेवी जवाहर प्रसाद यादव,वडा प्रत्यासी सुखल प्रसाद यादव सहित राजनीतिकर्मी,जनप्रतिनिधि,व्यापारी,स्थानीय भद्रभलादमीहरूको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0