<

 

रियाद, २५ कार्तिक ।

साउदी अरेबियाले शनिबार संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गर्दैछ ।

 

साउदी अरेबियाले गाजामा देखा परेको संकटका बारेमा छलफल गर्नका लागि शनिबार संयुक्त अरब इस्लामिकको असाधारण शिखर सम्मेलनको आयोजना गर्न लागेको हो  ।

साउदीको विदेश मन्त्रालयले शनिबार बिहान स्थानीय समय अनुसार जारी गरेको विज्ञप्तिमार्फत यो जानकारी दिएको हो ।

 

साउदी अरेबियाले सुरुमा शनिबार अरब र इस्लामिक शिखर सम्मेलनहरू छुट्टाछुट्टै आयोजना गर्न लागेको थियो तर अरब राष्ट्रहरूको लिग र इस्लामिक सहयोग संगठनसँगको परामर्शपछि दुवैलाई संयोजन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0